कांग्रेसले गर्याे पहिरोमा श्रीमानसहित सन्तान गुमाएकी पान्कालाई सहयोग
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १९:१९:२०
३० भदौ, कालिकोट । नेपाली कांग्रेस कालीकोटले जिल्लामा लगातार बर्षापछि आएको पहिरोमा परी पुरै सन्तान गुमाएकी शुभकालिका गाँउपालिका वडा नं, ७ निवासी पहिरो पीडित पान्का शाहीलाई सहयोग गरेको छ ।
कांग्रेस कालीकोटले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारहरुलाई सहयोग गर्ने अभियानकै क्रममा मंगलबार शाहीलाई नगद दश हजार सहयोग गरेको हो । यही भदौ १४ गते बिहान जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्मा बजारमा पहिरोमा परी शाहीका श्रीमानसहित दुई छोरा र एक छोरीको मृत्यू भएको थियो ।
उनको परिवार व्यापार व्यवसायको शिलशिलामा नाग्मा बजार बस्दै आएको थियो । उनलाई मंगलबार, गत निर्बाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा महासमिति सदस्य भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालीकोटका पाटी सभापति हर्षबहादुर बम, महासमिति सदस्य मोतीराज बम, कांग्रेस नेताहरु शंकरप्रसाद उपाध्याय, दमन शाही, मीनबहादुर कोगटी, नगेन्द्र बिष्ट, तारा शाह, भानुभक्त संज्याल, मनराज शाही लगायतका नेताहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेताहरुले जनताको सुखदुखमा साथ दिन नेपाली कांग्रेसले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारलाई सहयोग गर्ने अभियान थालेको बताए । कांग्रेस युवा नेता शाही र केही बिदेशमा रहेका युवाहरुको सहयोगमा हालसम्म जिल्लाका ३२ जना मृतकका परिवारजनहरुलाई सहयोग गरिएको छ ।
कोरोनाको कहरमा नागरिकहरुलाई बाढी र पहिरोले ठुलो क्षति बनाएको भन्दै कांग्रेसले गाँउगाँउमा नागरिकको सुखदुखमा साथ दिन नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरेको छ । बिपतमा नागरिकलाई साथ दिने र पाटीको संगठन बिस्तार अभियान पनि जारी राख्ने कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार