जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २२:५१:३८
३१ भदौ, खलङ्गा । जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि किसान चिन्तित बन्न थालेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो ।
टोलीले यहाँको तातोपानी गाउँपालिकाका –४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको बताए ।
पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरेपनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उनको भनाइ छ । मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।
ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताए ।
जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आएको छ ।
वर्षेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो । यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार