भक्तपुर घटना : छोरा र श्रीमतीको हत्या गरेपछि विष सेवन गरेर आत्महत्या !
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार १:४०:१३
३१ भदौ, काठमाडौं । घरमा स-सानो झगडा हुने गर्थ्याे, ठूलो होइन । कहिले कामले गर्दा । कहिले सानोतिनो निहुँले झगडा हुन्थ्यो । झगडा श्रीमान र श्रीमतीबाट नियन्त्रण बाहिर पुगेर छोरासम्मै पुग्थ्यो । आमाबुवाकै झगडाले छोरा पनि अनियन्त्रित भइसकेका थिए ।
तर भदौ तेस्रो हप्तामा घर परिवारमा झगडा मात्रै भएन । एकले अर्कोको ज्यान लिने अपराध नै निम्तियो । भक्तपुरको थिमी नगरपालिका ६ कुण्डोलका सुदीप अधिकारीले श्रीमती सम्झनाको हत्या नै गरे । आपसी विवाद र रिसकै झोकमा सुदीपले सम्झनाको टाउकोमा घनले हाने । त्यसपछि सम्झना चिच्याउन थालिन्, गुहार माग्न थालिन् । नजिकै रहेको छोराले आमालाई मार्न खोज्ने बुवामाथि आक्रमण गरे ।
रिसकै झोकमा रहेका सुदीपले छोरा सुशान्तको घाँटी छुराले रेटे । पहिले श्रीमतीलाई छुराले रेटेका सुदीपले पछि छोरालाई पनि बाँकी राखेनन् । सामान्य विवादमा आफ्नो प्राणभन्दा प्यारा छोरा र श्रीमतिको हत्या गरेका सुदीप भने एकदिन पनि बाच्न सक्ने अवस्थामा रहेनन् ।
रिसकाे झाेकमा आफ्नै अगाडी श्रीमती र छोराको लास मात्रै बाँकी राखेका सुदीपले यो संसारमा बाच्ने मन गरेनन् । त्यति मात्रै होइन, घरको एक्लो कुकुरलाई पनि साथमै लैजाने निर्णय गरे । छोरा र श्रीमतीको हत्या गरेको २४ घण्टापछि उनले खानामा हालेर कुकुरलाई विष पिलाए ।
केहीबेर कुकुर शान्त थियो । पछि विष सेवन गरेको कुकुरले बान्ता गर्न थाल्यो । बान्ता गर्दै भूईमा लडेको कुकुरको मृत्यु उनले सहजै हेर्न सकेनन् । त्यसपछि विषको बिर्को आफ्नो मुखमा खन्याएका सुदीप घरको छतमा गएर आफ्नो अपराध प्रायश्चित गरे ।
आफ्नो अपराधको सजाय आफैलाई दिएर उनले बिष पिएर घरको तेस्रो तलामा गएर तड्पी तड्पी यो संसार छाडे । जुन कुराको रहस्य ७२ घण्टासम्म बाहिर आएन् । भदौ २६ गते अधिकारीको घरमा पुगेका उनका भाईले सबैलाई मृत देखेपछि प्रहरीले खबर गरेका हुन् ।
झण्डै पाँच दिनपछि प्रहरीले एकै घरमा तीन जनाको शव भेटिएको घटनाको रहस्य बाहिर ल्याएको थियाे । मृतकको पोष्टमार्टम रिपोर्ट अनुसार कुन्डोलका ३६ बर्षीय अधिकारीले श्रीमती र छोराको हत्या गरेपछि आफूले आत्महत्या गरेको देखिएको छ । उनले पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको हत्या गरेर २४ घण्टापछि विष सेवन गरेर आत्महत्या गरेकाे प्रहरीको निष्कर्ष छ ।
भुईतलासहित चार तले घरको दोस्रो, तेस्रो र चौथो तलामा एकएक जनाको शव भेटिएपछि शंकास्पद मानिएको घटनामा कुकुर पनि मरेको भेटिएको थियो । घटना घटेको निश्चित नभएपनि शव कुहिन थालेर वरिपरि गन्हाएपछिकाे अवस्थामा तीनै जना मृत भेटिएका थिए ।
प्रहरीका अनुसार सवै दृष्टिकोणबाट अनुसन्धान गर्दा बाहिरबाट अरु कोही गएर हत्या गरेको प्रमाण भेटिएको छैन् । मोबाइल फोनको कलडिटेल हेर्दा पनि कुनै ठूलो विवाद देखिएको छैन् । सुदीपले पहिले श्रीमतीको टाउकोमा घनले हानेर पछि छुरा प्रहार गरेर श्रीमति र छोराको हत्या गरेको पोष्टमार्टम रिर्पोटले देखाएको प्रहरी अनुसन्धानकाे निश्कर्ष छ ।
श्रीमती र छोराको हत्या गरेपछि सुदीपले सल्फस नामको विष सेवन गरेर हत्या गरेका थिए । उनले कुकुरलाई पनि खानामा विष हालेर खुवाएका कारण कुकुर मरेको पाइएको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार