जनकपुरमा रेल पहिल्यै आइसकेको थियो, अहिले आएको वाहन मात्रै हो !
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १९:४८:२९
२ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार दिनभरजसो रेलको चर्चा छ । खासगरी सत्तारुढ नेकपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको रेलको सपना पूरा भएको भन्दै खुबै चर्चा गरिरहेका छन् ।
जनकपुरमा रेल पहिलोपटक भने आएको होइन् । आजभन्दा ९३ बर्ष अगाडी नै रेल जनकपुरमा आएको हो । अहिले आएको नयाँ वाहन मात्रै हो । त्यतिबेला परम्परागत रेल जनकपुर आएको थियो । अहिले नयाँ डिलक्स मोडलको रेल मात्रै देखिएको हो ।
सामाजिक सञ्जालमा चर्केको हल्ला र भ्रमलाई चिर्दै पत्रकार चन्द्रकिशोरले फेसबुकमा लेखेका छन, ‘लौ रेल आयो । अनेकौ कोणबाट सिटी बज्यो । यो रेल त्यो रेल होइन , जसका बारे करजीवीले सपना देखाएका थिए । यो उही जनकपुरिया रेल सेवाका लागि भित्रिएको नयाँ वाहन मात्रै हो ।’
त्यो बेलाको यो रेल ?
आजभन्दा ९३ वर्षअघि रेल पहिलो पटक नेपाल आएको थियो । सन् १९२७ मा चन्द्र शमशेरका पालामै रेल नेपाल आएको थियो । त्यतिबेला नेपाल रेल आएको प्रसंग पनि विशेष छ ।
पहिलो विश्वयुद्ध चर्केको बेलामा नेपालले बेलायतलाई सहयोग गरिररहेको थियो । नेपाली गोरखालीको साहसले गर्दा बेलायत युद्धमा होमिएको थियो । सोही युद्धमा नेपालीले विरताका साथ लडेका थिए । यो सहयोगबापत बेलायत सरकारले नेपाललाई त्यतिबेलाको नगद २१ लाख रुपैयाँ दिएको थियो ।
पहिलो विश्वयुद्ध सकिएपछि चन्द्र शमशेरले बेलायतको सहयोग रेलमार्ग निर्माण, रोपवेमा लगाएका थिए । सोही क्रममा जयनगर–जनकपुर रेल आएको हो । त्यतिबेला रेल आएपनि बीचमा त्यसले निरन्तरता पाउन सकेन ।
रेलमार्ग बिग्रियो । कतिपय ठाउँमा भत्कियो पनि । अहिले भारत सरकारकै आर्थिक एवं प्राविधिक सहयोगमा ३५ किलोमिटर लम्बाइको कुर्था–जयनगर खण्ड सम्पन्न भएपछि जनकपुरमा नयाँ वाहनसहितको रेल देखिएको हो ।
त्यसैले अहिले नेकपाका नेता कार्यकर्ताले हल्ला गरेजस्तो नेपालमा पहिलो पटक रेल आएको भने होइन, पहिल्यै आइसकेको रेल सेवालाई बर्षौपछि निरन्तरता दिन लागिएको मात्र हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार