विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रबाट २ अर्बको बालुवा निकालिदै
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार २२:१५:८
२ असोज, काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रबाट बालुवा उत्खनन गर्ने तयारी गरिएको छ । भदौ १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले दुई अर्बको बालुवा उत्खनन् गर्ने निर्णय गरेको हो ।
५३ लाख घनमिटर बालुवा निकाल्न टेन्डर समेत आह्वान गर्ने निर्णय पनि भइसकेको छ । कोषको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा ढिस्कोले अवरोध भएको र ढिस्को हटाउँदा निस्किने बालुवा व्यवस्थापन गर्न टेन्डर निकाल्न लागिएको हो ।
यसले पशुपति क्षेत्रमा असर गर्छ वा गर्दैन ? भन्ने विषयमा विस्तृत सोधखोज भइसकेको छैन् । साथै पशुपति क्षेत्रबाट निकालिएको बालुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काममा प्रयोग गरिने पनि दाबी सरकारको छ ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार पशुपति क्षेत्रबाट प्रतिघनफिट ११ रुपैयाँमा बालुवाको टेन्डर लगाउने निर्णय भएको छ।गोठाटारपट्टी रहेको बालुवाको ढिस्को उख्खनन् गर्दा ७० प्रतिशत बालुवा र ३० प्रतिशत माटो निस्किने अध्ययन टोलीको निष्कर्ष छ । टेन्डर आह्वान गरेपछि वातावरणीय प्रभाव मूल्यांकन पनि गर्ने तयारी छ ।
टेन्डर दुई अर्ब ६ करोड बराबरको हुने अनुमान गरिएको छ । कोषका अनुसार अहिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयन हुने चरणमा छ। यसबेला त्यहाँ रहेका ढिस्काहरू सम्याउनु पर्ने देखिएकाले टेन्डर गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार