जन्मेदेखि मृत्युसम्मको संस्कार एउटै थलोमा
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार १४:२६:५२
३ असोज, दमौली । गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो ।
तमु सुधार समाजले रु एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताए।
व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो । गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले रु १८ लाख र गण्डकी प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ । सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताए ।
“ गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने तयारी गरेका छौँ, सङ्ग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइन्छ”, उनले भने । सङ्ग्रहालय निर्माणका लागि पूर्व लाहुरेहरुले पेन्सन रकम सहयोग गरेका छन् भने कतिपयले स्वेच्छिक रुपमा चन्दा सहयोग गरेका छन् ।
जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ र भीमराज गुरुङले तयार गरेको गुरुङ संस्कृति झल्काउने चित्रहरु सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । गलबहादुर र र भीमराजले लकडाउनको अवधिमा गुरुङ संस्कार झल्कने विभिन्न तस्वीर तयार पारेका थिए । गुरुङका अनुसार गुरुङ जातिको जन्मेदेखि मृत्युसंस्कार झल्किने १५ वटा तस्बीर सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । उक्त तस्बीरहरु व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तमु सुधार समाजका अध्यध मनबहादुरलाई हस्तान्तरण गर्दै सङ्ग्रहालय अध्ययनको उपयुक्त थलो बन्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार