एनआईसी एशियाका अध्यक्ष अग्रवाल ‘प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित
नेपालबहस संवाददाता
असोज ३, २०७७ आइतबार २:५९:५२
३ असोज, काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रवल जनसेवा श्री चतुर्थ’ बाट विभुषित भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विशाल ग्रुपका उपाध्यक्ष समेत रहेका प्रतिष्ठित उद्योगी अग्रवाललाई ‘प्रवल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरिएको हो ।
उद्योगी अग्रवाललाई ‘प्रवल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरिएपछि बैंकले राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । अध्यक्ष अग्रवाल पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा लागिरहेका छन् ।
सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका अग्रवाल मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।
साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हितरक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार