शेरधन राईकी श्रीमति भन्दै हिड्ने बालिका खड्का पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १९:९:५
४ असोज, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भन्दै हिड्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।
नेताहरुसँग कुराकानी गर्ने भन्दै नेकपाको सचिवालय बैठकमा प्रवेश गर्न थालेपछि उनलाई पक्राउ गरिएको हो । नेकपाको सचिवालय बैठक कोटेश्वरमा बसिरहेको छ । कोटेश्वरकाे पेरिसडाँडामा बसिरहेको बैठकस्थलमा छिर्न खोजेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।
उनी दोलखाकी नेकपा कार्यकर्ता समेत हुन् । मुख्यमन्त्री राईले आफूलाई लिभिङ टुगेदरमा रहदा यौन दुव्र्यवहार गरेको उनको आरोप छ । उनले यस विषयमा सञ्चारमाध्यममा समेत अन्तर्वार्ता दिदै आएकी थिइन् । तर उनको आरोप प्रमाणित हुन सकेको थिएन ।
आफ्नो दाबी सही नभएपछि उनले पाँच दिनअघि मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार