जबरजस्ती करणीको आरोपमा तीन युवक पक्राउ
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार १:५७:३४
५ असोज, काभ्रेपलाञ्चोक । एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ ।
आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटकपटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् । शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार