नबिल बैंकले बिना धितो एक लाख रुपैयाँ खातामा पठाउने !
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १५:३९:१२
६ असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले बिना धितो एक लाख रुपैयाँ खातामा पठाउन सक्ने व्यवस्था गरेको छ । मोवाईल फोनबाट ऋण माग गर्न सक्ने प्रणालीको विकास गरी बैंकले ऋण लिन सक्ने योजना सार्वजनिक गरेको हाे । एफवन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा सुरु गरेको छ ।
यो सुविधा अन्तर्गत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आवश्यकता अनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाटै लिन पाउनेछन् । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्नेछ ।
नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध हुनेछ । बिनाधितो, बिना कागजी प्रक्रिया तुरुन्त ऋण प्राप्त गर्न सकिने भएकाले यो योजना लोकप्रिय हुने अपेक्षा बैंकले लिएकाे छ ।
यस प्रकारको ऋण छोटो अवधिका लागि मात्र उपलब्ध हुने बैंकले जानकारी दिएको छ । ग्राहकले कुनै पनि कागजी प्रक्रिया बिना नै नबिल बैंकको स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार