समयमा उपचार नपाई मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १५:३८:४१
६ असोज, कनकाई । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो ।
श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब संकलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ ।
स्व तिम्सिनाका छ छोरा र चार छोरी छन । स्व तिम्सिनाका ज्वाइँ दयाराम दाहाल ‘सुलभ’ राष्ट्रिय समाचार समिति ९रासस० सञ्चालक समितिको सदस्य तथा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य छन । स्व तिम्सिनाका कान्छा छोरा सुजन नेपाल पत्रकार महासङ्घ इलाम शाखा उपाध्यक्ष छन भने छोरी सृजना महासंघ ललितपुर शाखा उपाध्यक्ष छन । त्यस्तै छोराहरू वासुदेव र गणेश तथा छोरीहरू मन्जु र निर्मला पनि विभिन्न सञ्चार माध्यममा आवद्ध छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार