सत्याग्राहीको अगाडी झुक्यो प्रहरी, शिक्षण अस्पतालमा डा.केसीको अनसन जारी
नेपालबहस संवाददाता
असोज ६, २०७७ बुधबार १:२२:२७
६ असोज, काठमाडौं । नेपालगञ्जबाट काठमाडौं झर्नेवित्तिकै अपहरणको शैलीमा वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएका डा. गोविन्द केसीको अगाडी अन्ततः प्रहरी समेत झुकेको छ । उनलाई ट्रमा सेन्टरमै बन्धक बनाएर राख्ने कोसिस सरकारको भएपनि डा.केसीले नमानेपछि प्रहरीले ट्रमाबाट शिक्षण अस्पताल जान दिएको छ ।
केहीबेरअघि डा. केसी ट्रमा छाडेर शिक्षण अस्पताल पुगेर अनसनलाई निरन्तरता दिएका छन् । त्रिभुवन विमानस्थलबाट झर्नेवित्तिकै प्रहरीले अपहरणकै शैलीमा जबर्जस्ती एम्बुलेन्समा हालेर डा. केसीलाई ट्रमा सेन्टरमा ल्याएर राखेको थियो । तर डा.केसीले त्यहाँ बस्न मानेका थिएनन् ।
डा.केसीले नमानेपछि र प्रहरीकै आलोचना भएपछि अन्ततः उनलाई आफ्नो रोजेको ठाउँमा जान दिइएको हो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका डा.केसीले त्यहाँबाटै अनसनलाई निरन्तरता दिएका हुन् ।
यसपटक जुम्लाबाट अनसन थालेका उनले त्यहाँ फेरि झडप हुने अवस्था आएपछि आफै काठमाडौं आएका हुन् । भदौ २९ देखि अनसन जारी राखेका डा.केसीको मागबारे अहिलेसम्म सरकार बोलेको छैन् ।
शुरुमा बेवास्ता गर्ने भएपनि दबाब दैनिक बढ्दै गएपछि जुनसूकै सरकार पनि डा.केसीको अनसनमा झुकेर सहमति गर्ने गरेका छन् । तर सहमति कार्यान्वयन नहुँदा डा.केसी पटक पटक अनसन बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार