क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार १:३२:३५
७ असोज, काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिनअप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा रअन्य रेमिटेन्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् ।
हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।
नेशनल पेमेन्ट्स इन्टरफेस NPI नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन्, भने अन्य ४१ गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
पीएसपी- पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खाता मार्फत् NPI काे सेवा प्रयोग गर्ने गरेका छन् ।
क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधादिँदै आएको मनी ट्रान्स्फर कम्पनीहो । नेपालका बैंकिङ तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार