आईपीएलमा २०० छक्का हान्ने चौथो खेलाडी बने रोहित
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार ५:१०:५५
७ असोज, एजेन्सी । मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा आईपीएलमा सर्वाधिक छक्का हान्ने चौथो खेलाडी बनेका छन् । बुधबार कोलकत्ताविरुद्ध ६ छक्का प्रहार गरेका उनले २०० छक्काको कोशेढुंगा पार गरेका हुन् ।
आईपीएलमा सर्वाधिक छक्का हान्ने किर्तिमान क्रिस गेलको नाममा छ । उनले अहिलेसम्म १ सय २५ खेलबाट ३ सय २६ छक्का हानेका छन् । दोस्रो स्थानमा रहेका एबी डिभिलियर्सले २ सय १४ र तेस्रो स्थानमा रहेका धोनीले २ सय १२ छक्का हानेका छन् ।
१ सय ९० खेल खेलेर रोहितले आईपीएलमा २०० छक्का प्रहार गरेका हुन् । यसक्रममा उनले एक शतक बनाएका छन् । ३७ वटा अर्धशतक बनाएका छन् । अहिलेसम्म ४ हजार ९ सय ९० रन जोडेका रोहित ५ हजार रन जोड्न मात्रै १० रनले पछि छन् ।
अर्को खेलमा सम्भवतः १० रन जोडेमा उनी आईपीएलमा ५००० हजार रन पूरा गर्ने तेस्रो खेलाडी बन्नेछन् । अहिलेसम्म विराट कोहलीले ५ हजार ४ सय बढी रन बनाएर शीर्ष स्थानमा छन भने सुरेश रैनाले ५ हजार ३ सय बढी रन बनाएका छन् ।
रोहित आईपीएल क्रिकेटमा सर्वाधिक सफल खेलाडी र कप्तान हुन् । उनले आफ्नै कप्तानीमा अहिलेसम्म ४ पटक मुम्बई इण्डियन्सलाई उपाधि दिलाएका छन् । दोस्रो स्थानमा धोनी छन् । जसले चेन्नेईलाई ३ पटक उपाधि जिताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार