स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु, एकको जीवितै उद्धार !
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २२:४:१७
८ असोज, स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढेसँगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको सबै भन्दा बढी विकासको नाममा विना इन्जिनियरिङ नापजाच सडक खन्ने प्रचलनले स्याङ्जाका बस्तीहरु जोखिम मोल्न बाध्य छन् । सडककै कारण स्याङ्जामा एकै दिन १० जनाको पहिरोले पुरिएर मृत्यू भएको छ ।
स्याङजामा विहीवार विहान गएको पहिरोमा परी एकैघरका ९ जना सहित १० को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । वालिङ नगरपालिका १४ तमादिका एकौघरका ९ जना र कालीगण्डकी गाउपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । पहिरोमा परी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक बालक छन । यसैगरी, २८ का उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली र कालीगण्डकी गाँउपालिका ४ का बावुराम दमाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
मंगलबार देखि अविरल रुपमा परेको बर्षादले माथी बाट आएको पहिरोले घर पुरिएको थियो । सडकलाई फराकिलो बनाउने अभियानले डोजर प्रयोग हुँदा पुरै डाँडो नै चर्किएको अवस्था छ । कुनै बेला अझै ठुलो पहिरो जान सक्ने स्थानीय खुमप्रसाद लुईटेलले बताए । ०७२ सालको भुकम्पले हल्लाएको डाँडो र सडक फराकिलो बनाउदा प्रयोग भएको डोजरका कारण पहिरो गएको लुईटेलले बताए । विहान पख पहिरो गएकाले शब निकाल्न सहज भएको उनको भनाई छ । उनका अनुसार माईलो छोरा भारतमा रहेका र कान्छी छोरीलाई जिवितै उद्धार भएकाले अरु सबैको ज्यान गयो ।
पहिरोले घर पुरिएको खबर पाएपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहित वालिङ नगरपालिका जनप्रतिनिधि समेत उद्धारका लागि पुगेका थिए । घट्ना थाहा पाए लगत्तै घट्नास्थलमा पुगेर सबै सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल ३० नम्वर गुल्म स्याङ्जाका प्रमुख प्रहरी नायव उपरीक्षक मोहोन न्यौपानेले बताए । पटक पटक स्थानीयले पहिरोको जोखिम भएकाले नबस्न आग्रह गरेको र अन्य दिनमा बाहिर सुत्ने गरेपनि बुधबार राती घरमै सुतेकाले दुर्घट्ना हुन पुगेको न्यौपानेले बताए ।
पानी परेपछि पहिरोको जोखिमका कारण बाहिर बस्दै आएका नेपालीका परिवार गएराती भने सोही घरमा सुतेका थिए । बिहान एक्कासी पहिरो खसेपछि उनीहरुको ज्यान गएको हो । पहिरोमा परि ४ महिला, ४ पुरुष र एक ७ महिने नावालकको ज्यान गएको हो । तमादीमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन । पहिराका कारण दर्जनौं सडक अवरुद्ध छन ।
स्याङ्जामा सडकको पहिरोको कारण अहिले सम्म करिव १८ जनाको ज्यान गइसकेको छ । नागरिकको आधारभुत आवश्यकतामा लिने गरिएको सडक निर्माण गर्दा बस्ती जोखिम नहुने गरी इन्जिनियरीक नापजाचबाट बनाउन सकिने हो भने पहिरोका कारण नागरिकको ज्यान जाने थिएन होला । यस विषयमा सम्वन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार