बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार १:४९:६
८ असोज, काठमाडौं । गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ ।
समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल र पञ्चायती नगर्न समेत भनेको छ ।
परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्नसमेत मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार