अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १३:१८:२२
९ असोज, खोटाङ । जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।
गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् ।
अज्ञात रोगले खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताए । “मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज बिरामी भएको बाख्रा भोलि खोरमै मरिरहेको हुन्थ्यो”, उनले भने, “खोर नै रित्तो भएपछि पुनः चारवटा बाख्रा ल्याएर हालेको छु ।” बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै पनि प्रयास नभएको किसानको गुनासो छ । अज्ञात रोगबाट बाख्रा मर्नेक्रम अहिले पनि जारी रहेको खुटाकै स्थानीय बासिन्दा मिनबहादुर खड्काले बताए।
अज्ञात रोगले खुटाका ढकबहादुर परियारको पाँचवटा बाख्रा र दुईवटा खसी, गोपाल पौडेलको तीनवटा बोका, एकवटा खसी र एकवटा बाख्रा, गणेश खड्काको एकवटा खसी, दुर्गा खड्काको तीनवटा बोका, डाईश्वर कार्कीको एक वटा बोका मरिसकेका छन् । यसबीचमा बलबहादुर खड्काको सातवटा, झुना खत्रीको पाँचवटा, मिनबहादुर खड्काको छवटा, जितबहादुर कार्की र वीरबहादुर खड्काको चार÷चारवटा, जानुका खड्काको तीनवटा र शुभ सुवेदीको चारवटा बाख्रा मरिसकेको जनाइएको छ ।
बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताउनुभयो । “अहिलेसम्म बाख्रामा देखिएको समस्याको बारेमा कसैबाट पनि जानकारी आएको छैन”, उनले भने, “जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ । गत वर्ष पनि यस गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखा परेकाले यसवर्ष समयमै औषधि ल्याएर पूर्व तयारी गरिएको छ ।”
उता, खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा पालिएका बाख्रा धमाधम मर्ने क्रम जारी रहेको बताइएको छ । अहिलेसम्म उक्त गाउँपालिकाको वडा नम्बर–७ खोटाङबजारका लोमस ढकालका चारवटा, तुलसीराम चौलागाईँको छ, डम्बर चौलागाईँको सात, गोपाल ढकालको पाँच, मानबहादुर मगरको सातवटा बाख्रा मरिसकेको जनाइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको किसानले बताएका छन् ।
जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए । “पीडित किसानबाट अहिलेसम्म गुनासो आएको छैन”, उनले भने, “सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिनेछ ।” दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । जिल्लाका अधिकांश किसानले व्यावसायिक रुपमा बाख्रा पालन शुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
कोशी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
९८ लाखसहित समातिएका समीर र मिलन सुन तस्कर
बैशाख २८, २०८१ शुक्रबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार