चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २३:४६:५४
९ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार त्यहाँ पाँच जातका ३० वटा कछुवा छन् ।
जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको छ । निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ विसं २०५७ बाट हुर्काउन थालिएको हो । उनका अनुसार हुर्किएका छ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन् ।
यहाँ अति सङ्कटापन्न सालको जङ्गलमा रहने भुई, तीन पाते पहाडी, पदनी, पुतली र मयुरपङ्खी कछुवा छन् । भुई र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहन्छ । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।
पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य रुपमा घोलमा पाइन्छ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खान्छ । पुतलीलाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो बस्छ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई इनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन थियो ।
मयुरपङ्खीलाई नरम खबटे भनिन्छ । यो पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाइने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ । निकुञ्जले पदनी, पुतली र मयुरपङ्खीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।
कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उनको भनाइ छ । विश्वमा २५० जातिका कछुवा पाइन्छन् । तीमध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिए । तस्करले चोरीशिकार गरेर यसलाई धेरै मूल्यमा बिक्री गर्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार