उपत्यकामा चाडपर्वलाई लक्ष्य गरी बजार अनुगमन तीव्र पारिने
नेपालबहस संवाददाता
असोज ९, २०७७ शनिबार १:३१:३०
९ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिने भएका हुन् ।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयक अन्तरक्रियामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडपर्व केन्द्रीत अनुगमनलाई चाँडै नै शुरु गरिने जानकारी दिए । उनले बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।
प्रजिअ दाहालले तीनै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए । उनका अनुसार खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक सहायक प्रजिअलाई जिम्मेवारी दिएर अनुगमन गरिने छ ।
कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताए । उनले कोरोना भाइरस ९कोभिड१९०को पीसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिने सात अस्पताल तथा प्रयोगशालालाई किन बढी शुल्क लिएको भन्दै स्पष्टीकरण समेत सोधिएको जानकारी दिए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौजात राखिएको बताए ।
उनका अनुसार पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौजात रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रबन्धक बज्रेश झाले चाँडै नै सहुलियत दरका पसल सञ्चालन गरिने जानकारी दिए । उनले दैनिक तीनवटा गाडीमार्फत माइकिङ गरेर उपभोक्तालाई खाद्यान्न पु¥याइरहेको समेत बताए । उनले चिनी अहिले कर्पोरेशनसँग ८०० मेट्रिक टन मात्र भएकाले चाडपर्वका लागि थप २० हजार मेट्रिक टन आउन थालेको जानकारी दिए ।
काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यकामा विगतमा भन्दा शान्ति सुरक्षामा सुधार आएको बताए । उनले प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिन संसद सचिवालयमा पत्र
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार