चेन्नेईविरुद्धको जितसँगै दिल्लीले आईपीएल जित्न सक्ने ३ आधार
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार १५:३१:४५
१० असोज, एजेन्सी । दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार राती दुबईमा चेन्नेईलाई ४४ रनले हराउदै दिल्लीले लगातार दोस्रो जित हात पारेर आईपीएलको शीर्ष स्थानमा उक्लेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका लागि ओपनर पृथ्वी शाले ६४ रनको योगदान दिए । यस्तै रिशभ पन्तले ३७ र शिखर धवनले ३५ रन बनाए । चेन्नेईका पियुष चावलाले २ विकेट लिए ।
१ स्य ७६ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको चेन्नेई भने निर्धारित २० ओभर खेलेपनि ७ विकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो । उसका लागि फाफ डुप्लेसिसले ४३ र केदार जादवले २६ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।
यसअघि राजस्थान रोयल्ससँग हारेको चेन्नेई दिल्लीसँग पनि हारेपछि यसपटक प्लेअफमै पुग्न मुश्किल देखिन्छ । तर युवाहरुले भरिएको दिल्ली भने यसपटक आईपीएल उपाधि जित्ने सक्ने टिमका रुपमा दरिएको छ । त्यसमध्ये मुख्य ३ कारण यसप्रकार छन् ।
व्याटिङ लाइनअपको सुधार
दिल्लीमा यस बर्ष उत्कृष्ट व्याट्सम्यान छन् । ओपनिङमा पृथ्वी शा र शिखर धवनले अहिलेसम्म राम्रै शुरुवात गरिरहेका छन् । निकै अनुभवी व्याट्सम्यान शिखरभन्दा पृथ्वी कम छैनन् । उनले यस सिजनको पहिलो अर्धशतक चेन्नेईविरुद्ध हानेका छन् ।
यो अर्धशतक दिल्लीकै टिमका लागि दोस्रो अर्धशतक हो । यसअघि पहिलो खेलमा अलराउण्डर मार्कुस स्टोईनिसले अर्धशतक हानेका थिए । ओपनिङमा शिखर र पृथ्वी जमेकै कारण भेट्रान व्याट्सम्यान आजिन्क्या रहाणे बेन्चमै सिमित हुनु परेको छ । आजिन्क्या आउनेवित्तिकै फेरि व्याटिङमा अर्को छलाङ मार्ने टिमका रुपमा दिल्ली देखिएको छ ।
ओपनिङमा सशक्त देखिएका पृथ्वी, शिखर र आजिन्क्यासँगै दिल्लीको मिडल अर्डर यो भन्दा शक्तिशाली छ । वेष्ट इण्डिजका विष्फोटक व्याट्सम्यान शिमरन ह्याटमेयर, कप्तान श्रेयास आयर, विकेटकिपर रिशभ पन्त जस्ता व्याट्सम्यान दिल्लीका लागि मुख्य हतियार हुन् ।
रिशभ र ह्याटमेयरले खेल जतिबेला पनि आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् । भारतीय टिमकै लागि एक मुख्य आधार बनिरहेका पन्त दिल्लीका लागि मुख्य खेलाडी हुन् । प्रशिक्षक रिकी पोन्टिङले रिशभ दिल्लीका मुख्य खेलाडी भएको र उनले आईपीएल उपाधि जिताउनेमा पूरा भरोसा रहेको बताई सकेका छन् ।
यस्तै दिल्लीको फिनिसिङ भूमिकामा अष्ट्रेलियाका मार्कुस स्टोईनिस छन् । व्याटिङ अलराउण्डर क्षमता भएका स्टोईनिसले आफूलाई पञ्जाबविरुद्धको पहिलो खेलमै प्रमाणित गरिसकेका छन् । स्टोईनिस आईपीएलमा मात्रै होइन, बिग ब्यास लिगमा पनि निकै सफल खेलाडी हुन् । व्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने स्टाईनिस दिल्लीका मुख्य हतियार साबित भएका छन् ।
उनले पञ्जाबविरुद्धको खेलमा अर्धशतक बनाएसँगै महत्वपूर्ण ३ विकेट लिएका थिए । अन्तिभ ओभरमा उनले जादुयी प्रदर्शन गरेर खेल बराबरी गरेर सुपरओभरमार्फत दिल्लीलाई जित दिलाउन प्रमुख भूमिका खेलेका थिए । मार्कुससँगै अक्षर पटेल दिल्लीका अर्का अलराउण्ड हुन् । जसले टिमका लागि परेका बेला सहयोग गर्न सक्छन् ।
धारिलो बलिङ आक्रमण
यसपटक दिल्लीको अर्को मुख्य हतियार हो, धारिलो बलिङ । कागिसो रबाडा, रविचन्दन आश्विन, सन्दीप लामिछाने, एनरिक नोट्जे, ईशान्त शर्मा, अमित मिश्रा जस्ता दर्जनौ राम्रा बलर छन् । फास्ट बलिङसँगै स्पिनमा पनि सशक्त बनेको दिल्लीमा सुपर ओभर किङका नामबाट चिनिएका रबाडा छन् । जसले जतिबेला पनि खेल आफ्नो पक्षमा पार्ने हिम्मत राख्छन् ।
अहिले सन्दीपले खेल्न नपाएपनि उनी टिमका लागि एक अर्का मुख्य हतियार हुन् । ४ जना मात्रै विदेशी खेलाडी भएका कारण समस्यामा परेका सन्दीप टिमलाई चाहिएका बेला आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने गर्छन् । अहिलेसम्मका खेलमा दिल्लीले कुनै पनि विपक्षी टिमलाई खुलेर खेल्न दिएको छैन् । एक दुई खेलाडीले प्रदर्शन गरेपनि पुरै टिमलाई भने दबाबमा राख्ने गरेको छ । यो उसको अर्को सुखद पक्ष हो ।
सुहाउदो पीच र प्रशिक्षक
युएईको पीच सामान्यतया बलिङका लागि सुहाउँदो पीच हो । जहाँ बलरले आक्रामक प्रदर्शन गरिरहेका छन् । केही व्याट्सम्यानले मात्रै खुलेर खेलेको ठाउँमा दिल्लीको टिमका लागि सुहाउँदो पीच छ । स्पिन र पेस बलरका लागि युएई उपयुक्त ठाउँ हो ।
त्यसमाथि प्रशिक्षक रिकी पोन्टिङ रणनीति बनाउन राम्रा मानिन्छन् । खासगरी व्याटिङ लाईनअपमा उनी राम्रा प्रशिक्षक हुन् । तर लामो समयदेखि उपाधिविहिन रहेका उनी यसपटक दिल्लीलाई आईपीएल जिताउन भोका छन् ।
त्यही भएर युएईको आफू सुहाउँदो पीचमा दिल्लीले यस सिजनको आईपीएल उपाधि जित्ने सम्भावना अरु टिमभन्दा धेरै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार