आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार १६:४२:२८
१० असोज, महोत्तरी । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका छन् । असोज लागीकन बिहानै घाम देख्न नपाएका यहाँका बासिन्दालाई आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत मिलेको हो । दिनदिनैजसो छिनछिनमा पर्दै आएको पानीले जकडिएको जनजीवन आज बिहानै आकाश सफा देखिनसँगै पारिलो घाम लागेपछि खुलेको छ ।
एकाबिहानै झलमल्ल घाम लागेपछि जिल्लाका सबैजसो बजारचोकमा चहलपहल बढेको छ । यसपालि भदौ अन्तिम सातादेखि नै दिनदिनै छिनछिनमा पानी परी रहेपछि यहाँको जनजीवन वाक्कदिक्क नै बनेको थियो । अब दुई÷चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र भदौरे धान काटेर थन्क्याउन पाइने किसानको आश छ । “हेर्नोस् न, खेतमा धान पाकेर दाना झर्दैछ, पानी नरहेर काट्न, दाँइ गर्न र थन्क्याउन पाइएको थिएन”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान बिन्देश्वर यादवले भने, “आज बल्ल कति दिनमा राम्ररी घाम लागेको छ, अब अन्न थन्क्याउन पाइने आश जाग्यो ।”
मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने यादव बताउछन । जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा आँसु ‘भदौरे धान’ मुख्य बालीका रुपमा रहँदै आएको छ । अब राष्ट्रिय महत्वका चाडपर्व नजिकिएसँगै घर सरसफाइ, लिपपोत र रङरोगन गर्ने बेला पनि नजिकिएको सर्वसाधारण गृहिणी बताउछन् । मौसम उघ्रेसँगै रातो, कमेरे र पहेँलो माटोको खोजीमा लाग्ने गृहिणीको तयारी छ । “अब १९-२० दिनपछि त दशैँ शुरु भइहाल्छ, पानी परी रहेर केही गर्न पाइएको थिएन”, जिल्लाकै भङ्गाहा–४ थारुटोल बनराकी अशिया चौधरी थारुले भने, “अब बल्ल घाम देखिएको छ, चाडपर्वको तयारीमा लाग्न पाइने आश जाग्यो ।”
अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुबस्तु ‘गाई, भैँसी, बाख्रापाठा’ फुकाउन, डुलाउन पाएका छन् । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परी रहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भने, “अब भने काम गर्न पाइने भयो ।” लामो समयपछि आकाश उघ्रेपछि बल्ल शरद ऋतु प्रारम्भ भएको यहाँका सर्वसाधारणले महसुस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार