मनसुन शुरु भएयता गण्डकीमा १२६ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०७७ आइतबार २:५४:४४
१० असोज, कास्की । यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ । त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्मा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन् । विपद्मा परेर ८९ जना घाइते भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपद्मा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन् । त्यस्तै बेपत्तामध्ये नौ जना बालबालिका छन् भने घाइतेमध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन् । मनसुन शुरु भएयता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरोलगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ ।
सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ । तीमध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक रहेका छन् । त्यस्तै प्राकृतिक विपद्मा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कूल ३१ जनाले ज्यान गुमाएका छन् । स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कूल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।
त्यसैगरी सो अवधिमा प्राकृतिक विपद्मा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कूल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ । लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म २३ जना बेपत्ता रहेकोमध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक-एक जना छन् । नौ महिला र पाँच पुरुष बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ । म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार