सप्तरीमा तीन बिरामीसहित थप १२ जनामा संक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०७७ आइतबार ४:१९:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-5_pjno6T6qln.jpg)
◊ धीरुभाइ
१० असोज, सप्तरी । सप्तरीमा शनिबार आकस्मिक कक्षमा उपचाररत तीन विरामीसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर ५ बस्ने ४२ वर्षीय पुरुष, राजविराज नगरपालिका ६ बस्ने ४० वर्षीय पुरुष, लहान सिरहाका २५ वर्षीय पुरुष, अस्पतालका २७, ३३ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका ३ बस्ने ३० वर्षीय पुरुष, खडक नगरपालिका वार्ड नम्बर ८ बस्ने ४० वर्षीया महिला, २४ वर्षीय पुरुष, १४ वर्षीया महिला, २७ वर्षीया महिला, वार्ड नम्बर ९ का १ वर्षीय पुरुष र तिलाठी कोइलाडी गाउँपालिका १ बस्ने २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यससँगै जिल्लामा कूल संक्रमितको संख्या एक हजार २४६ पुगेको छ । तीमध्ये ९२८ जना निको भएर घर फर्किसकेका छन भने १४ जनाको मृत्यु भइसकेको र ३०४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार