सडक नबनाउने ठेकेदार, गाली खाने प्रधानमन्त्री !
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १६:१५:२९
११ असोज, ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन् । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ ।
जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले भने, “एउटा बद्मास ठेकेदारले बाटो बनाउँदैन तर दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने ?” कयौँ विकास आयोजनामा ठेकेदारले समयमा काम नगर्दा सरकार आलोचित हुनुपरेको भन्दै मन्त्री नेम्वाङले अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने बताए ।
“प्रधानमन्त्रीज्यूले शिलान्यास गर्नुभएको राँके–रवि–भेडेटार सडकको अहिलेसम्म ३२ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा जम्मा सात प्रतिशत मात्रै छ”, नेम्वाङले भने, “ठेकेदारले काम नगर्दा रकम जुटाउने, शिलान्यास गर्ने र जनतालाई सुविधा पुर्याउन खोज्ने प्रधानमन्त्रीज्यूले गाली खानुपर्ने अवस्था अब अन्त्य हुन्छ ।”
समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारवाही हुन थालेको बताउँदै मन्त्री नेम्वाङले अब पनि छुट पाइन्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरे । यस्तै जिम्मेवारी पूरा नगर्ने तालुकदार निकायसमेत कारवाहीको भागीदार बन्नुपर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले कोभिड–१९ को महामारीका बीच पनि निरन्तर कार्यक्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री र सरकारको सोचअनुसार पूर्व–पश्चिम रेल सञ्चालन गरेरै छोड्ने मन्त्री नेम्वाङको दृढता छ । यसका लागि रेलमार्ग डिपिआर विस्तृत आयोजना प्रतिवेदनको काम भइरहेको उनले जानकारी दिए । पछिल्लोपटक खरिद गरिएका दुई वटा रेलका विषयमा उठ्ने गरेका प्रश्नहरुको ठट्यौली पारामा जवाफ दिँदै उनले कागजको टुक्रा नभई मुलुक साँच्चिकैको रेल सञ्चालन गर्ने चरणमा पुगेको बताए ।
“साँच्चै रेल ल्यायो, एक दुई दिन त चुप लाग्छन्, फेरि ९३ वर्षअघिको रेल हो नि भन्न थाल्छन्”, मन्त्री नेम्वाङले भने, “यो त कम्प्युटरबाट चल्ने रेल हो भनेर देखायो, यो त रु २० करोडमा आइहाल्थ्यो नि भनेर आफैँ दाम राख्छन् ।” सरकार ‘एक्सन ओरियन्टेड’ भएको बताउँदै मन्त्री नेम्वाङले जनतालाई सेवा र सुविधा पुर्याउनकै लागि पूर्वाधार निर्माणमा विशेष जोड दिइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार