प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १८:२६:४८
११ असोज, काठमाडौं । प्रभु बैंक लि.को सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन ।
प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंकले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजीमार्फत जुटाउने छ ।
ऋण सम्झौतामा सहवित्तीयकरणकाे नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख व्पापार अधिकृत रेनुप्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मीनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।
धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाम (Dry Season) मा ४१.६३ गिगावाट आवर र वर्षायाम (Wet Period) मा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग Take or Pay (टेक अर पे) को आधारमा विद्युत खरिद बिक्री संझौता (PPA) सम्पन्न गरिसकेको छ ।
विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै विद्युत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम बैंकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार