हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार २०:४:४४
११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएका छन् ।
कपर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
मन्त्रीले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन निर्देशन दिए ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण जनाइएको छ । केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएको थियो ।
पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भएपनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिएका छन ।
एयर इण्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएको स्रोतले जनाएको छ । प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एयरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच प्राधिकरणले विज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सलाई आफैँ गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति प्राधिकरणकाे ध्यानाकर्षण भएको जनाएको छ ।
ग्राउण्ड ह्याण्डलिङ निर्देशिको व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गत चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिमालयबाहेक एयर एण्डिया र थाई एयरवेज इन्टरनेशनलले पनि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राधिकरणले हाल नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायुसेवा निगमलाई मात्र अनुमति दिएको छ । निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायुसेवालाई व्यवसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार