‘मुटु भित्रै राख्छु तिमीलाई’ भन्दै आए प्रविन बेडवाल
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार १:३८:४३
१३ असोज, सुनसरी । चर्चित गायन रियालिटी सो नेपाल आइडल-३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ ।
बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीत तथा भिडियोमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कैलाश रेग्मीले लिएका थिए ।
संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । भिडियोका निर्माता तथा गीतकार दुर्गाप्रसाद कडरिया आफै रहेका छन् । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन् । नवराज सिंह खड्का र प्रतिशा रिजाल फिचर्ड छन् । झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन् ।
गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भइसकेकोछ । कडरियाले म्यूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार