साताव्यापी ४१ औं सामाजिक सेवा दिवस सम्पन्न
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २१:३१:२४
◊ धीरुभाइ
१४ असोज सप्तरी । विभिन्न कार्यक्रम गरी साताव्यापी ४१ औं सामाजिक सेवा दिवस सम्पन्न भएको छ । सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले विभिन्न कार्यक्रम गरेका छन । संस्थाले पहिलो, चौथो र छैटो दिनमा कार्यक्रमहरु आयोजना गरेको छ ।
कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको असरलाई न्युनीकरण गर्न पाँच हजार ५९८ जना बालबालिकालाई १९ लाख ४० हजार ३५४ बराबरको स्व शैक्षिक विष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिका वडा न.ं १,५,१४,१५ र १६ का विद्यार्थीहरुलाई वितरण गरेको छ ।
त्यस्तै प्रदेश न.: २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको प्रमुख आतिथ्य, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव र सेभ द चिल्ड्रेनका सप्तरी जिल्ला संयोजक अरुण महतो, शिक्षा संयोजक खिलानाथ निरौला र जिविकोपार्जन कार्यक्रम संयोजक इन्द्र बहादुर, सेभ द सप्तरीका अध्यक्ष धुव प्रसाद देव लगायउतले राजविराज १४ का १२ वटा कृषक समुहका एक सय ९२ जना कृषक सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीलाई बढावा दिन पाँच लाख बराबरको तरकारीका विउ र मल खाध उपलब्ध गराइएको बताइएको छ ।
त्यसैगरी प्रदेश न: २ का प्रदेश सभा सदस्य श्री गोविन्द न्यौपानेले राजविराज स्थित साई कृष्ण आइसोलेशन केन्द्रमा आइसोलेशनमा रहेका ८३ जना विरामीहरु (१५ जना महिलाहरु र ६५ जना पुरुषहरु ) का लागि स्वास्थ्य डिगनिटि किट निमित मेडिकल सुपरिटेन्डेन्ट रणजीत झालाई हस्तान्तरण गर्नुको साथै सबै जना विरामीहरुलाई एक÷एक किलो स्याउ वितरण गरेको बताएको छ ।
संस्थाले छिन्नमस्ता वडा न: ३ स्थित प्राथमिक स्वास्थ्य केन्दमा ह्याण्ड वासिङ सुविधा जडान, राजविराज स्थित पव्लिक माविमा अध्ययनरत नौ जना दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री, र स्रोत शिक्षक समेत गरी १० जनालाई विद्यालय पोशाक तथा फलफुल वितरण संस्थाका गोपाल चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार