चौबिस श्ययाको काेरोना अस्पताल निर्माण
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २३:४:४८
१४ असोज, वाग्मती । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ श्ययाको आइसोलेसनसहित काेरोना विशेष अस्पताल निमार्ण शुरु गरेको छ ।
सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ श्ययाको कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदान र वाग्मती प्रदेश सरकारको रु १० लाख सहयोगमा उक्त अस्पताल निमाण भइरहेको बताइएको छ ।
अस्पतालका लागि आवश्यक सामान खरिदको काम भएको र थप उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले पाँच श्ययाको अस्पताल स्थापनाका लागि आदेश गरेको तर २४ श्ययाको अस्पताल स्थापना शुरु भएको अस्पताल निर्माण समितिका संयोजक ज्योतिराज लुइँटेलले बताए ।
अस्पतालमा एक जना चिकित्सक, दुई नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । त्यहाँ सघन उपचार कक्षसमेत बनाइनेछ । अध्यक्ष उप्रेतीका अनुसार उत्कृष्ट एवं नमूना काेरोना आइसोलेसन अस्पताल निर्माण गर्नेगरी काम भइरहेको छ । मनहरि गाउँपालिकामा एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार