पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १३:४:१०
१५, असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।
मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।
हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ«े बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ । ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा रु एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार