राजस्थानलाई हराएको कोलकत्ता आईपीएलको दोस्रो स्थानमा
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १५:२६:४५
१५ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै कोलकत्ताले दोस्रो खेलमा जित हात पारेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमै सिमित भयो । राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि त्यो जितका लागि पर्याप्त भएन् ।
यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान स्टिभ स्मिथ र आक्रामक व्याट्सम्यान सञ्जु स्यामसन सस्टैमा आउट हुँदा राजस्थान पराजित हुनुको मुख्य कारण हो ।
राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले दुई दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । उसका लागि कोलकत्ताका लागि सुभमान गिलले ४७, इयोन मोर्गनले ३४, आन्द्रे रसेलले २४ र निचित रानाले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
जितसँगै ३ खेलबाट ४ अंक जोडेको कोलकत्ता दोस्रो स्थानमा उक्लिएको छ । हारेको राजस्थान रनरेटका आधारमा तेस्रो स्थानमा झरेको छ । समान अंक भएपनि राम्रो रनरेटका आधारमा दिल्ली पहिलो र बेंग्लोर चौथो स्थानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार