धरान र वीरगञ्जमा दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १५:३२:५९
१५ असोज, वीरगञ्ज । धरान र वीरगञ्जमा दुई जना संक्रमितको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान वीरगञ्जमा मृत्यु भएको हो । यस्तै धरानमा मृत्यु हुने व्यक्ति सुनसरी इटहरीका हुन् ।
असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि रौटहटका संक्रमितलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सुनसरीको इटहरी–६ का ५६ बर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए ।
उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो । कुनै दीर्घरोग नभएपनि उनको कोरोनाका कारण मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार