सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” योजना सार्वजनिक
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १८:२६:२३
१५ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत व्यक्तिलाई भने लागु नहुने कम्पनीको भनाई छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
डिजिटल रेमिट्यान्स प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का युएई जाने
फागुन २, २०७९ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार