मोरङमा थप तीन जना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १९:४:४
१५ असोज, विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेकी एक वृद्धा, एक पुरुष र अर्का एक जना कैदीको कोरोनाका कारण मृत्यु भएको हो ।
मृत्य हुनेमा मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धा हुन् । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको हो । यस्तै बुधबार राति सुनसरी इटहरीका दुई जनाको पनि संक्रमणका कारण विराटनगरमा मृत्यु भएको छ ।
इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागूऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको हो । ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको १५ मिनेटमै बुधबार राति मृत्यु भएको हो ।
उनका अनुसार अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराट मेडिकल कलेजले रेफर गरेका मृतकलाई राति अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार राति नै लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको थियो । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि युवकलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा राति करिब साढे ८ बजे मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार