प्रदेश राजधानी दाङ बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २३:२१:१९
१६ असोज, रुपन्देही । प्रदेश ५ सरकारले दाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव अघि सारेपछि नेपाली कांग्रेस आन्दोलित भएको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कूलबहादुर केसी सोनामले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
आफ्नो सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने कांग्रेस रुपन्देहीको माग छ ।
बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको कांग्रेसले उद्घोष गरेको छ ।
यसैबीच, राजधानी सार्ने निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको जनाएको छ ।
प्रदर्शन चर्किएपछि भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार