रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ०:१९:१९
१६ असोज, ललितपुर : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अन्तरगर्त पहिलो तला निर्माणको सम्पन्न भएको छ । विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो । मन्दिर पुनःनिर्माणमा रु तीन करोड २१ लाख रकम सम्झौता भएको थियो ।
लगभग एक हजार ५०० वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करीब ४० प्रतिशत सम्पन्न भएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नुपर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी गराए। मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको उनले बताए । उनले भने, “यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाहे काम भने समाप्त हुनै लागेको छ । ”
निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर रु एक करोड ४० लाख बराबरको काम गरिसकेको शाक्यको भनाइ छ । “मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छौँ”, शाक्यले भने, ।
रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठुलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन् । यो काठमाडाैँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिएपनि कसैबाछ पनि चासो नदिएपछि हाल समितिले काम अघि बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार