मुम्बईले आईपीएल जित्ने हतियार : रोहित, पोलार्ड, बुम्राह र पाण्ड्या २
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ३:३०:४६
१६ असोज, एजेन्सी । पछिल्ला दुई खेल हारेपनि तीन खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएपछि यस बर्षको आईपीएलमा मुम्बई इण्डियन्स शक्तिशाली टिमका रुपमा देखिएको छ । रोहित शर्माको कप्तानीमा रहेको टिमले पञ्जाब र राजस्थानलाई हराएको छ । उसले शुरुमा चेन्नेईसँग हारेको थियो ।
पञ्जाब र राजस्थानलाई समेत हराउने टिम व्याटिङ, बलिङ र फिल्डिङमा समेत मजबुत छ । यदि अहिलेको जितलाई निरन्तरता दिने हो भने मुम्बईलाई यस बर्ष पनि रोक्न गाह्रो छ । मुम्बईसँग अनुभवी व्याट्सम्यान छन भने युवा बलर हावी छन् ।
जसले जतिबेला पनि खेल आफ्नो पक्षमा पार्ने हिम्मत राख्छन् । त्यसमाथि सर्वाधिक धेरैपटक आईपीएल जित्ने टिममा शान्त, सन्तुलित र विष्फोटक व्याट्सम्यान छन् । जसले गर्दा यस बर्ष पनि मुम्बईले आईपीएल जित्ने क्षमता राख्छ । यसका केही कारण र शक्ति छन् ।
आईपीएलको सबैभन्दा धेरै उपाधि जित्ने टिम बनेको मुम्बईको पहिलो शक्ति हो रोहित शर्मा । भारतमा हिटम्यानको उपाधि पाएका शर्मा मुम्बईका सफल र उत्कृष्ट कप्तान हुन् । पछिल्लो १० बर्षमा मुम्बईले तीन पटक उपाधि जितिसकेको छ । त्यसमध्ये तीन पटक त रोहितकै कप्तानीमा मुम्बईले आईपीएल जितेको छ ।
भारतीय क्रिकेट टिमका ओपनर व्याट्सम्यान चाहिएका बेला टिमका लागि विष्फोट व्याटिङ गर्ने गरेका छन् । साथै उनले टिमलाई मिलाएर खेल्न पनि सक्षम छन् । पञ्जाबविरुद्ध ७० रन बनाएका रोहित आईपीएलमा ५ हजार रन बनाउने तेस्रो खेलाडी समेत बने । यसले पनि देखाउँछ उनको व्याटिङ कति गतिशिल छ भनेर ।
रोहितको अर्को शक्ति हो, किरोड पोलार्ड र हार्दिक पाण्ड्याको सहयोग । यी दुवैजना अन्तराष्ट्रियस्तरका अलराउण्डरकै कारण मुम्बई फेरि शीर्ष स्थानमा उक्लिएको छ । पञ्जाबविरुद्ध मात्रै २० बलमा पोलार्डले ४७ रन बनाएका थिए । उनकै व्याटिङले मुम्बई विशाल स्कोर १९१ रन बनाउन सफल भएको थियो ।
त्यसअघि बेंग्लोरविरुद्ध पनि विष्फोटक व्याटिङ गरेका पोलार्डले अर्धशतक बनाएर खेल बराबरीमा ल्याएका थिए । तर मुम्बई सुपरओभरमा अभागी साबित भयो । हालै मात्रै सीपीएलमा टिमलाई च्याम्पियन बनाएर आएका पोलार्ड मुम्बईका उपकप्तान पनि हुन् । उनी जस्तोसूकै परिस्थितीमा पनि ठूला सर्ट खेल्न माहिर छन् । जसले गर्दा मुम्बई शक्तिशाली बनेको छ ।
मुम्बई बलियो हुने अर्को आधार हो, हार्दिक पाण्ड्या । पाण्ड्या भारतीय अलराउण्डरमध्ये युवापुस्ताका एक नम्बरका अलराउण्डर हुन् । अलराउण्डर क्षमतामै कारण उनी भारतीय टेस्ट, एकदिवसीय र ट्वेन्टी ट्वेन्टी टिममा छुट्दैनन् । उनी समय हेरेर खेल्न सक्ने भएकाले टिमलाई चाहिएका बेला व्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्ने गर्छन् ।
यसकारण पनि मुम्बई शक्तिशाली टिम हो । हार्दिकसँगै उनका दाई करुणाल पाण्ड्या पनि उत्कृष्ट खेलाडी हुन् । बाया हाते स्पिनर बलिङ र व्याटिङ दुबैमा राम्रा खेलाडी हुन् । उनी पनि चाहिएका बेला टिममा सधै उत्कृष्ट दिने गछृन् । यसकारण पनि मुम्बई अरु टिमभन्दा सन्तुलित र उत्कृष्ट हो ।
यस्तै मुम्बईसँग राम्रा ओपनर व्याट्सम्यान क्वीन्टन डीकक छन भने विष्फोटक व्याट्म्यानका रुपमा सुर्यकुमार यादव पनि छन् । जसले गर्दा मुम्बई अरु टिमभन्दा शक्तिशाली छ ।
मुम्बईमा विश्वकै उत्कृष्ट बलर छन् । भारतीय टिमका मुख्य बलर जस्प्रित बुम्राह मुम्बईका उत्कृष्ट बलर हुन् । उनी आईसीसी बरियतामा एकदिवसीयतर्फ दोस्रो स्थानमा छन् । ट्वेन्टी ट्वेन्टीमा पनि उनी दोस्रो वा तेस्रो स्थान छुटाउदैनन् ।
मुम्बईलाई चाहिएको बेला विकेट दिलाउने उनी एकमात्रै बलर हुन् । त्यस्तै न्युजिल्याण्डका फास्ट बलर टे्रन्ट बोल्ट पनि मुम्बईमै छन् । लासिथ मालिंगाको भरपर्दो विकल्पका रुपमा मुम्बर्इृले उनलाई दिल्लीबाट किनेको हो ।
यस्तै मुम्बईमा हार्दिक पाण्ड्या पनि महत्वपूर्ण बलर हुन् । रोहितको रोजाईमा पर्ने हार्दिक चाहिएको बेला विकेट झार्न सिपालु छन् । यस्तै करुणाल पाण्ड्या, राहुल चाहर र किरोर्ड पोलार्ड टिमलाई आवश्यक योगदान दिन तयार छन् ।
यस्तै सन्तुलित टिम भएको कारण मुम्बई सर्वाधिक चारपटक आईपीएल जित्ने टिम बनेको हो । यस बर्ष पनि यही शक्तिशाली टिमले आईपीएल जितेमा आश्चर्य मान्नु पर्दैन् । तर यस बर्ष दिल्ली, राजस्थान र बेंग्लोर पनि बलियो टिमका रुपमा देखिएका छन् ।
विगत बर्षभन्दा यस बर्ष चेन्नेई, हैदरावाद र कोलकत्ता भने कमजोर देखिएका छ्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार