केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमार्फत
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १३:५१:१७
१८ असोज, खोटाङ । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैंकमार्फत भत्ता वितरण गर्नेगरी तयारी थालिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ ।
दाबी बिरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सात वडामध्ये शुरुमा वडा नम्बर–४ बाक्सिला र वडा नम्बर–५ सप्तेश्वरका लाभग्राहीलाई बैंकमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।
क्रमशः अन्य वडाका लाभग्राहीलाई पनि बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आगामी मङ्सिरमा सामाजिक सुरक्षा भत्ताको दोश्रो चौमासिक निकासा हुँदैछ ।
गाउँपालिकाको गत भदौ ११ गतेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको थियो । सामाजिक सुरक्षा भत्तामा पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन नेपाल सरकारको नीतिअनुसार आर्थिक वर्ष २०७३/०७४ देखि नै बैंकमार्फत वितरण गर्ने पहल गरिए पनि अधिकांश स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।
दश स्थानीय तह रहेको जिल्लामा कर्मचारीमार्फत लाभग्राहीको घरघरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको पाइएको छ । पछिल्लो समय साकेला गाउँपालिका–४ मात्तिममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको पाइएको हो ।
वडाध्यक्ष भट्टराईको मिलेमतोमा लामो समयदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाएपछि गाउँपालिकाले छानविन शुरु गरेको छ । गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा समिति गठन गरेर छानविन शुरु गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततामा संलग्न जोकोहिलाई कारवाहीको दायरामा ल्याउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहो¥याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइयो”, उनले भने, “आगामी दिनमा यस्तो अनियमितता हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।”
गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए ।
यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार