दशकपछि बझाङमा जहाज सञ्चालन हुने अपेक्षा
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १४:९:२१
रमेश केसी
१८ असोज, बझाङ । करिब एक दशकपछि यहाँ पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार यहाँको विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गरे।
विमानस्थल परीक्षणकै क्रममा रहेको दिपायल विमानस्थलमा निरीक्षण गरी साढे १२ बजे दिपायलबाट बझाङ उडेको जहाज १२ः४५ मा देवल विमानस्थलमा अवतरण भएको हो । जहाजलाई नियमित उडान भर्नका लागि विमानस्थल योग्य छ कि छैन भनेर निरीक्षण गर्नका लागि मन्त्री भट्टराईसहित अन्य नेता र विमानका क्षेत्रीय निर्देशकलगायतको टोली बझाङ पुगेको हो ।
विमानस्थल कालोपत्रको समयभन्दा अघि स्थलगत परीक्षण गरिएको विमानस्थलमा दोस्रोपटक सफल अवतरण गरिएको हो । यसअघि पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई निरीक्षण गरिएको थियो । कालोपत्रको काम सम्पन्न भएपछि शनिबार मन्त्री भट्टराईलगायतको टोलीले निरीक्षण गरेको हो । निरीक्षणका क्रममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टराईले बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताए । मन्त्री भट्टराईले भने, “बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाललगायत क्षेत्रमा पर्यटकलाई भित्र्याउन सकिन्छ । साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ ।”
यस्तै बझाङ विमानस्थलको निरीक्षणको क्रममा बझाङ पुगेका समिट एयरका क्षेत्रीय निर्देशक सरोजप्रसाद उप्रेतीले बझाङ विमानस्थलमा सफल परीक्षण भएको भन्दै आगामी दिनमा जहाज उडाउनका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने बताए । बझाङमा नियमित जहाज उडाउने कुरामा आफूहरुले कसरी अगाडि बढ्न सकिन्छ भनेर सल्लाह गर्ने उप्रेतीले बताए।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले भौगोलिक विकटता र जनसङ्ख्याको चाप कम भएका कारण जहाज नियमित उडान हुने कि नहुने भनेर अहिले भन्न नसकिने बताए। उनले भने, “बझाङमा जनसङ्ख्याको चाप कम भएको र जहाज नियमित उडान गर्न निजी जहाज कम्पनीले मान्ने-नमान्ने कुरामा निर्भर गर्छ । बझाङबाट आगामी दिनमा प्रदेश राजधानीको विमानस्थलमा नै जहाज उड्ने र त्यहाँसम्मका लागि यात्रुहरुले रु तीन हजार ५०० देखि रु चार हजारसम्म तिर्नुपर्ने देखिन्छ ।”
विमान सेवा सञ्चालन हुनुपर्ने माग गर्दै पटक–पटक केन्द्रसम्म धाएका यहाँका स्थानीयवासी परीक्षण उडान शुरु भएपछि खुशी भएका छन् । हप्तामा कम्तीमा दुई उडान हुनसके यहाँका बासिन्दालाई राहत हुने र जिल्लाको पर्यटन प्रवद्र्धन हुने उनीहरुको भनाइ छ । विसं २०३५ मा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलोपटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल विसं २०६५ सम्म सञ्चालनमा थियो ।
पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । विसं २०६५ मा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । विसं २०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।
बढीजसो बझाङ–नेपालगञ्ज उडान सञ्चालन गर्ने विमान कम्पनीले नेपालगञ्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएका कारण उडान बन्द गरेको बताएका थिए । यद्यपि धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई-तीनवटासम्म ट्वीनअटर उडान गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएको तर धनगढी विमानस्थलमा विमानलाई राति राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।
विमान सञ्चालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । हाल बेवारिसेजस्तै बनेको विमानस्थल स्थानीयवासीको खेलमैदान र गौचरनमा परिणत भएको छ भने विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठाउँमा परिणत भएको छ । केही वर्षअघि मात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्यालढोकामा रहेका शिशा पनि फुटाइएका छन् । हिउँदे वर्षा भएको बेला र बर्खाको समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपत्कालीन बिरामीले वर्षेनी ज्यान गुमाउने गरेका छन् भने यात्रुले पनि सास्ती भोग्दै आएका छन् ।
गत वर्ष असारदेखि भदौसम्म तीन महिनाको अवधिमा बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पटक–पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधिमा उपचारका लागि धनगढी लैजाँदै गरेका पाँच बिरामीले बाटैमा ज्यान गुमाउनुपरेको थियो । अब नियमित उडान भर्न सके धेरैको ज्यान जोगिने स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार