तपाई हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्नेलाई सरकारको संरक्षण !
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १६:२३:५
१८ असोज, काठमाडौं । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई सरकारले संरक्षण गरेको देखिएको छ । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेर बेच्नेहरु पक्राउ परेपनि सरकारले उनीहरुलाई सामान्य तारेखमा छाडिदिएको छ ।
बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई वाणिज्य विभागले उधारो धरौटीमा छाडेपछि यस्तो रहस्य बाहिर आएको हो ।
आइतबार एक करोड धरौटी बुुझाउने शर्तमा मुख्य आरोपी पुष्पादेवीसहित ६ जनालाई सामान्य तारेखमा छोडिएको स्रोतले बतायो । पक्राउ परेका ७ जनामध्ये भारतीय नागरिक रोनक बोथ्रा भने प्रहरी हिरासतमै छन् ।
ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएको भेटिएको थियो । गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये भारतीय नागरिक बोथ्राबाहेक अरु सबैजना शुक्रबार नै हिरासत मुक्त भएका हुन् ।
हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरको छोराहरु मुन्ना ठाकुर र पप्पु कुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्याम प्रसाद सिंह छन् ।
यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा वयलकोटीको छोरा राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सिताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा दिलिप थापामगर पनि हिरासतमुक्त भएका छन् ।
भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं. १३ घर भई हाल काठमाडौंको बाफल बस्ने मागोलाल बोथ्राको छोरा ३५ वर्षीय रोनक बोथ्रा भने हिरासतमै छन् । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर सास्ती र दुःख दिनेलाई सरकारले यसरी धरौटीका नाममा संरक्षण गर्न थालेपछि नियामक निकायमाथि नै प्रश्न उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार