स्याङ्जामा नेकपा छोड्ने लर्को, एक महिनाको अन्तरालमा २ सय ५० कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार १:५७:१६
१९ असोज, स्याङ्जा । संघीय सरकारदेखि प्रदेश सरकार हुँदै स्थानीय सरकारसम्मको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै यतिबेला स्याङ्जामा नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ ।
नेकपा सरकारको निरंकुश रबैयाको विरुद्ध स्याङ्जाका नेकपाका सदस्यहरु एक महिनाको अन्तरालमा मात्रै करिब दुई सय पचासले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नव प्रवेशिकाहरुले नेकपाले आफ्नो रवैया सुधार नगरे अझै अन्य साथीहरू पनि नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् ।
नेताले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पार्टीको आन्तरिक नीतिले यत्रो बलिदानपछि आएको लोकतन्त्रलाई गिज्याइ रहेको भन्दै बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशमा कुनै परिवर्तन नहुने भन्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नव प्रवेशिकाहरुले पाटी प्रवेशका क्रममा बताएका छन् ।
भाषण सुन्दा राम्रै लाग्यो अब परिवर्तन गर्ने नेकपाले नै होइछ भनेर नेकपाको समर्थन गरियो तर पछि बुझ्दै जाँदा थाहा भयो बोल्ने अधिकार समेत नभएको पार्टीमा बसेर परिवर्तनका भाषण सुनेर ताली बजाउने भन्दा अन्य केही काम नभएको भन्दै पार्टी प्रवेश गरेको उनीहरुको भनाइ थियो ।
आँधीखोला गाउँपालिका १ मा सोमबार ६१ जनाले नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेसँगै यस महिना मात्रै स्याङ्जामा नेकपा छाड्नेको संख्या करिब दुई सय पचास पुगेको हो । नेपाल सरकारका पुर्व कर्मचारी संगठनमा कार्यरत विक्रम गुरुङ र शंकर बिकको नेतृत्वमा आँधीखोला गाउँपालिका १ पन्चमुलमा काङ्ग्रेस प्रवेशको लर्को लागेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बुद्धिबहादुर राना कुमारले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गर्न दुई तिहाईको दम्भ प्रयोग गरेको हुँदा यसको लागि सबै आ आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको धारणा राखे । उक्त कार्यक्रममा बोल्दै विशिस्ट अतिथि नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारीले संविधानले ब्यबस्था गरेको महिला अधिकारको सदुपयोग गर्दै राज्यको निर्णयक तहमा महिलाहरुले नेतृत्व लिने समय आएको हुँदा यसको लागि प्रत्येक गाउँबाट महिला जागरुक हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी लिलबहादुर गुरुङ, पर्यटन व्यवसायी उर्मिला गुरुङ, वालिङ् नगरपालिका वडा सदस्य सीता बिक, नेपाली काङ्ग्रेस पन्चमुलका पुर्वसभापति जीवननाथ ढकाल , सोही ठाउँकै तरुण दलका अध्यक्ष जीतेन गुरुङ लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए भने नव प्रवेशिकाको तर्फबाट विक्रम गुरुङले आफ्नो धारणा राखेका थिए ।
यसअघि कालीगण्डकी गाउँपालिकामा ४३ जना, आँधीखोला गाउँपालिका २ मा ४८ जना, पुतलीबजार नगरपालिका ९ मा २४ जना, पुतलीबजार नगरपालिका ४ मा १२ र वालिङ नगरपालिका १० मा ४८ जनाले नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । यी स्थानीय तहहरुमा वालिङ नगरपालिका बाहेक अन्यत्र नेकपाको नेतृत्वको स्थानीय सरकार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार