पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार २:५७:३२
१९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।
हाल देशभरमा सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ५०७ छ । यससँगै कुल संक्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । आज ११ हजार १९९ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार २०२ छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ७३ प्रतिशत पुगेका छन् ।
संक्रमित मध्ये १२ हजार ३१६ होम आइसोलेशनमा र ११ हजार १९१ संस्थागत आइसोलेशनमा छन् । उनीहरुमध्ये २४४ जनाको सघन उपचार कक्ष र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दश लाख ७८ हजार २२९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ३३ छ ।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा ९०५, २ मा ६४२ , वाग्मतीमा आठ हजार २९६, गण्डकीमा ५०६, ५ मा ८६३, कर्णालीमा ३६८ र सुदूरपश्चिममा २२१ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा एक हजार ७५१, २ मा ४७६, वाग्मतीमा सात हजार ५३२ , गण्डकीमा ५६२, ५ मा १२५६, कर्णालीमा २६५ र सुदूरपश्चिममा ४२१ छन् ।
आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सिरहा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रुपन्देही र मोरङ छन् । त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम ‘पूर्व’ छन् । काठमाडौं उपत्यकाका आज एकैदिन एक हजार ५३१ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका एक हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।
थप १९ को मृत्यु
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइसबाट थप २० जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल सङ्ख्या ५५५ पुगेको हो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९, ललितपुरका ३, सर्लाहीका २, सुनसरी, पर्सा, गोरखा र नवलपुरका एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुमका एक एक जनाको पनि मृत्यु भएको छ । प्रवक्ता डा गौतमले चाडबाडका समय नजीक आएकाले भाइरस थप फैलन सक्ने हुँदा जहाँ हो सोही स्थानमा बसी मनाउन र फोनबाट आशीर्वाद लिनदिन सबैलाई अनुरोध गरे ।
भाइरस सङ्क्रमितको सङ्ख्या हरेक दिन बढे पनि बजारमा सामान्य रुपमा झैँ चहलपहल बढेकाले अनावश्यक काममा भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । दृष्टि विशेषज्ञ संघका प्रवक्ता दीपककुमार झाले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन र हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार