डा. केसीका माग पुरा गर्न जनसम्पर्क समिति अमेरिकाको सरकारसँग अपिल
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १८:३२:३५
२० असोज, अमेरिका । डा. गोविन्द केसीको २३ दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाडौंको शिक्षण अस्पतालमा पुग्दा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखी सत्याग्रही अनशनरत डा.केसीप्रति सरकारले प्रस्तुत गरेको व्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुव्यर्वहारप्रति समिति घोर निन्दा र भत्सर्ना गर्दछ ।”
विगतमा अनशनरत डा. गोविन्द केसीका मागहरूलाई नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै रहेको जनाउँदै सो विज्ञप्तिमा त्यही अध्यादेशको जगमा टेकेर अनशनरत डा. केसीले अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसँग जोडदार माग गर्दछ, भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार