आमाबुवाबीच नागरिकता विवाद, बुवाबाटै बेसरी कुटिएका डेढ वर्षीय एक बालक अस्पताल भर्ना
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १९:२:४६
धीरुभाइ
२० असोज, सप्तरी । श्रीमान, ससुराबाट पटक–पटक कुटपिटकाे पीडा भोग्दै आएकी एक महिला र दुधे बालकलाई मरनासन्न हुने गरी कुटपिट गरिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर २ लौनिया निवासी रिंकीदवी खंगलाई ससुरा जगदिश खंग र पति रामेश्वर खंगले पटक–पटक कुटपिट गर्दै आएको पीडितले बताए ।
नागरिकता बनाउने, खानपानको विषयमा कुरा उठाउँदा उनीहरुबाट कुटिदै आएको भन्दै रिंकीले दुई पटक प्रहरीमा उजुरी दिएकोमा पञ्चायतमै सिमित रहेको छ ।
गत आइतबार डेढ वर्षिय काखे बालक मिथिलेशलाई बोकेर नागरिकता बनाउनका लागि आवश्यक कुरा बुझ्न घर बाहिर गएको कुरा थाहा पाएपछि ससुराको निर्देशनमा पतिले काखे बालक मिथिलेशलाई मरनासन्न हुने गरी कुटेको उनले भने, पाँच-छ पटक उचालेर भूइँमा बजारे थियो । जसले गर्दा छोरा अचेत भयो । अचेत अवस्थामै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरियो ।
करिब तीन-चार घण्टा अचेत रहयो । बालकको सिटी स्क्यान, इजिसीजी लगायतको जाँच गरेको बताइएको छ । अहिलेपनि सोही अस्पतालमा उपचार भइरहेको छ । पति निकै सोझो भएको मौकाको फाइदा उठाउन ससुराले भनेको कुरा नमानेपछि पतिलाई (कुरा लगाएर) उस्काएर शारीरिक, मानसिक, आर्थिक यातना दिनुको साथै यहाँ कुनै सम्बन्ध छैन्, माइतमा गएर बस ।
नत्र तेरो छोरालाई नै मारिदिन्छु भन्ने गरेको रिंकीले बताइन । यसैकारण मेरो छोरालाई मार्नकै लागि पशुतुल्य कुटेको उनको कथन छ ।
घटनापछि बालकका पिता रामेश्वर खंगलाई राती नै प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद साहले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
यसअघि रिंकीलाई कुटपिट गर्दा प्रहरीमा दिएको उजुरीपछि २०७५ माघ ९ गते र २०७६ माघ १३ गतेमा प्रहरीमा मिलापत्र हुँदा पतिले विवाह दर्ता गराइदिने, नागरिकता बनाइ दिने, मानाचामल दिने, कुटपिट नगर्ने सहमति गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार