दमक नगरपालिकाका नगर प्रमुख ओलीलाई कोरोना पुष्टि
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ०:९:२२
२० असोज, दमक । झापा जिल्लाको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ । नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । कोरोना फैलने क्रम झनै भयाभह बन्दै गएपछि झापा जिल्लामा नागरिकलाई सचेत रहन आग्रह गरिएकाे छ ।
क्वारेन्टाईन ब्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले बिगत भन्दा अहिले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको भन्दै ब्यक्तिगत दुरी कायम गर्दै सम्पूर्ण दमक नगरबासी नागरिकहरु आफैं सचेत हुनुपर्नेमा जोड दिएका छन । माईपश्चिमदेखि ईलामको तल्लोभाग, मोरङको पश्चिमी भागदेखि झापाको दक्षिणी भागको मुख्य ब्यापारिक केन्द्र रहेको दमकमा चाडबाड नजिकिएसँगै बढन थालेको मानव चहलपहलले पनि कोरोना संक्रमण अझै बढन सक्ने अवस्था देखिएकाे भन्दै नगरपालीकाले आम नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
काेरोनाको संक्रममा स्वयं नगर प्रमुख र वडा अध्यक्षहरु नै पर्न थालेपछि दमक नगरपालिकाले आज पनि २३६ जनाको स्वाव परिक्षण गरी परिक्षणको लागि पठाएसँगै कन्ट्याक्ट ट्रेसिङ्ग र परिक्षणको दायरालाई समेत बढाउने बताएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार