नेपालमा कोरोना संक्रमितकाे सङ्ख्या ९० हजार नाघ्यो
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार १:२७:१०
२० असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ संक्रमित थपिएसँगै कुल संक्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र ५०९ महिलामा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ गरी उपत्यकामा मात्र एक हजार १७ संक्रमित थपिएका छन् ।
रुपन्देहीमा ९६, चितवनमा ८१, बाँके र दाङमा ३४-३४, मोरङमा २७, काभ्रेपलाञ्चोकमा २४, कैलाली र गोरखामा २०-२०, सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी पूर्वमा १३, धनुषामा १२, कालिकोट र सिरहामा १०-१० संक्रमित फेला परेका छन् ।
यसैगरी नवलपरासीमा नौ, सर्लाहीमा सात, प्यूठान, मकवानपुर र रौटहटमा छ÷छ, बैतडी, स्याङ्जा, धादिङ र नुवाकोटमा पाँच÷पाँच, पाल्पा र झापामा चार-चार, उदयपुरमा तीन, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रामेछाप, पर्सा, बारा, सप्तरी, इलाम र धनकुटामा दुई-दुई, डडेल्धुरा, डोटी, बझाङ, बर्दिया, रोल्पा, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ, दोलखा, खोटाङ र ताप्लेजुङमा एक-एक संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कुल दुई हजार ३४० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ६७ हजार ५४२ जनाले कोरोनालाई जितेका छन् । कोरोना मुक्त भई डिस्चार्ज हुनेको प्रतिशत ७४्३ पुगेको छ ।
मुलुकभर हाल २२ हजार ७०९ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १३ हजार ५९१ होम आइसोलेसन र नौ हजार ११८ संस्थागत आइसोलेनसमा छन् । चार हजार २२१ जना क्वारेन्टाइनमा । हालसम्म १० लाख ९९ हजार २६७ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । २४३ संक्रमितको आइसियू र ४० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेका छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पामा सक्रिय संक्रमित छैनन् भने मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित छन् ।
नौको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट चार महिला र पाँच पुरुष गरी नौ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा एक, काठमाडौंमा दुई, ललितपुरमा तीन र चितवनमा एक जना ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५९ देखि ७७ वर्ष उमेर समूहका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुगेको छ । कुल संक्रमित मध्ये ०.६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ । विश्वभर तीन करोड ५७ लाख २८ हजार २१९ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १० लाख ४६ हजार ४१९ को ज्यान गएको छ भने दुई करोड ६८ लाख ८८ हजार ९४१ कारोनामुक्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार