सुदूरपश्चिममा कोरोना निको हुने दर ८६ प्रतिशत
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १३:४७:५३
२१ असोज, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड—१९वाट आजसम्म कूल सङ्क्रमित हुने मध्ये झण्डै ८६ प्रतिशत अर्थात् छ हजार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कका अनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगेका छन् ।
यही असोज १ गते सम्म कूल सङ्क्रमित छ हजार ५२८जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४जना डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो बीस दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ । असोज महिनालागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणवाट असोज १गते सम्म १२जनाको मृत्यु भएकोमा पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आज सम्म मृत्यु हुनेको सङ्ख्या १८पुगेको छ ।
यसै गरी २० दिन यता एक हजार १३३ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ । तीन हप्ता अघि ८०२जना रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आज एक हजार ४३ पुगेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केही दिन देखि कोभिड—१९का जटिल अवस्थाका बिरामी बढ्न थालेको बताए ।
तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले होम आइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए ।
उहाँले भन्नुभयो ‘‘सङ्क्रमण बढ्दै गएकोले यसको रोकथामका लागि महिला स्वयमसेवीलाई घर घरमा परिचालन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने सम्बन्धी चेतना अभिवृद्धि गराउन लागेका छौं ।‘‘ पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र डोटीमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलालीका नौ,अछाम, बझाङ,र बाजुराका दुई÷दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार