त्रिपाठीको अर्धशतकमा कोलकत्ताले चेन्नेईलाई हरायो
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १४:५७:४
२२ असोज, काठमाडौं । आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ । कोलकत्ताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नेई २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रनमै सिमित भएपछि दिनेश कार्तिकको टिमले १० रनको जित हात पारेको हो ।
कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए । चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् । चेन्नाईको सुरुवात राम्रो थियो । उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।
चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए । धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके । अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन बनाए । रविन्द्र जडेजा २१ रनमा नटआउट रहे ।
यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनाएको थियो । उसको एकमात्र विकेट अन्तिम बलमा गुमेको थियो ।
कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् । प्याट कमिन्सनले नटआउट १७ रन बनाए । सुनिल नरेनले पनि १७ रन नै बनाए । चेन्नाईका लागि ड्यानी ब्राभोले ३ विकेट लिए । जितसँगै कोलकत्ताले ५ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नेई भने पछाडी धकेलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार