आईपीएलमा हैदरावादले पञ्जाबलाई हरायो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १५:४:७
![](https://nepalbahas.prixacdn.net/media/albums/SRHSS_YtXocmEOhF.jpg)
२३ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा हैदरावादले पञ्जाबलाई हराएको छ । बिहीबार भएको खेलमा हैदरावादले पञ्जाबलाई ६९ रनले हराएको हो । दुबईमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो ।
उसका लागि जोनी बेयरस्टोले ९७ र डेभिड वार्नरले ५२ रन बनाए । पञ्जाबका रवि विश्चोनीले ३ विकेट लिए । २०२ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ थालेको पञ्जाबले भने १६ ओभर ५ बलमा अलआउट हुदैँ १३२ रन मात्रै बनाउन सक्यो ।
उसका लागि निकोलस पुरनले सर्वाधिक ७७ रन बनाए । विष्फोट व्याटिङ गरेर टिमलाई जिताउन लागिपरेका उनलाई रशिद खानले नटराजको हातबाट क्याचआउट गराएका थिए । पञ्जाबलाई सस्तैमा अलआउट गर्न महत्वपूर्ण भूमिका खेलेका रशिदले ३ विकेट लिए ।
जितसँगै हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । हार व्यहोरेको पञ्जाब भने पुछारमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार