आजबाट एनआरएनएको तीन दिने विश्व विज्ञ सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १७:१२:३६
२३ असोज, लण्डन । गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा ३ दिने दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको छ । भर्चुअल ९जुम० माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहितले सम्वोधन गर्ने छिन।
२५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले जानकारी दिए ।
सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले प्राथमिकता दिएका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।
सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छन् ।
सम्मेलनमा परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु समेत सहभागी हुने संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले सो सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलन पश्चात गैरआवासीय नेपाली संघले एक श्वेतपत्र जारी गरी नेपाल सरकार समक्ष पेश गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार